क्यानडा पठाइदिने भन्दै युवाहरुबाट ९१ लाख असुल्ने व्यक्ति पक्राउ

प्रकाशित मिति : १५ माघ २०७७, बिहिबार  ७ : २६


काठमाडौं । क्यानाडा पठाइदिने भन्दै ३३ युवाबाट ९१ लाख रुपैयाँ असुल्ने युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–३० शिसुवाका धिरजकुमार बिश्वकर्मा रहेका छन्।

उनले युरोप, क्यानडा, अमेरिका लगायतका देशहरुमा आफूले धेरै मानिसहरु रोजगारको लागि पठाई सकेको भन्दै ३३ जना युवा मार्फत पैसा उठाएका थिए।

आफु विगत लामो समय देखी बिदेश बसेका बताउदै त्यहाँका अनेकन प्रसंगमा युवाहरुलाई भुलाउथे गर्थे।

कास्की, स्याङग्जा, तनहुँ, म्याग्दी लगाएतका जिल्लाका ३३ जना व्यक्तिहरुलाई क्यानडा पठाईदिन्छु भन्दै उनले करिब ९१ लाख रुपैयाँ असुलेका थिए। तर, पछि उनले रकम नभएको खाताको चेक बाँडन थालेपछि युवाहरुले ठगिएको थाहा पाएर प्रहरीमा उजुरी दिएका थिए।

जिल्ला प्रहरी कार्यालय कास्कीले ३३ जना ब्यक्तिहरुलाई ठगी गरेको आरोपमा १३ माघमा पक्राउ गरेको छ।

उनले ३३ जनाबाट एकमुष्ट ९० लाख ७१ हजार रुपैयाँ लिएको जाहेरी प्रहरीमा परेको हो।

उनलाई ठगी सम्बन्धि कसूर अन्तर्गत कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्