नेपालमा कोरोनाबाट दैनिक मृत्यु हुनेको संख्या शुन्यमा झर्यो

प्रकाशित मिति : १५ माघ २०७७, बिहिबार  ६ : ३१


काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ७९१ जनाको पिसिआर परीक्षण गर्दा थप २१३ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २१३ सहित हालसम्म सङ्क्रमित हुनेको कूल सङ्ख्या दुई लाख ७० हजार ५८८ पुगेको छ।

पछिल्लो २४ घण्टामा निको भएका २९६ जनासहित कोरोनाबाट निको हुनेको कूल सङ्ख्या दुई लाख ६५ हजार ३६५ पुगेको छ।

हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या दुई हजार २० पुगेको छ।

मन्त्रालयका अनुसार हाल ११३ क्वारेन्टिनमा र २०३ जना आइसोलेशनमा छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकमा कोरोना भाइरसबाट कसैको पनि मृत्यु भएको छैन। बुधबार भने ३ जनाको मृत्यु भएको थियो।

बुधबारबाट देशभर कोरोना खोप अभियान सुरु गरिएको छ। भारत सरकारको सहयोगमा नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्ध भएपछि खोप अभियान सुरु गरिएको हो।

खोपबाट नेपालमा कोरोना संक्रमण दर रोक्ने अपेक्षा लिएको छ।

नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार २० पुगेको छ। अहिले सक्रिय संक्रमितको संख्या भने ३ हजार २०३ छ। हाल कोरोना गम्भीर बिरामी १३९जनाको भेन्टिलेटरमा र २३ जनाको आइसीयूमा उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्