श्रीमतीलाई समय दिन कपिल शर्माले आफ्नो शो बन्द गर्ने

प्रकाशित मिति : १५ माघ २०७७, बिहिबार  ६ : १९


काठमाडौं । चर्चित भारतीय हास्यव्यंग्य कार्यक्रम ‘द कपिल शर्मा शो बन्द हुने भएको छ।

विगत दुई वर्षदेखि दर्शकलाई मनोरञ्जन प्रदान गर्दै आएको हास्यप्रधान ‘द कपिल शर्मा शो’ यही फेब्रुअरी मध्यबाट केही समयका लागि बन्द हुने बताइएको छ।

एकाएक किन कपिल शर्माले किन कार्यक्रम बन्द गर्न लागे भन्नेबारे चासो उत्पन्न भएको थियो।

भारतीय सञ्चारमाध्यमका रिपोर्टहरू अनुसार कार्यक्रम बन्द गरेर कपिलले अरु केही गर्ने योजना पनि बनाएका होइनन्।

यस्तो बेला किन कपिलले ब्रेक लिन लागे भन्ने बारे चासो उत्पन्न भइरहेका बेला कपिल स्यंमले सो कुराको जवाफ दिएका छन्।

सामाजिक सञ्जाल ट्विटरमा कपिलले आफ्ना शुभचिन्तको प्रश्नको उत्तर दिँदै गर्भवती श्रीमतीलाई समय दिनको लागि शोबाट केहि समयको लागि ब्रेक लिन लागेको पुष्टि गरेका छन्।

उसो त कपिल कार्यक्रममै धेरै व्यस्त हुँदा विवाहको वार्षिकोत्सवमा पनि आफ्नी श्रीमतीसँगै मनाउन पाएका थिएनन्।

ट्वीटरमा कपिलले आफ्नी श्रीमतीले दोस्रो सन्तानलाई जन्म दिन लागेको उल्लेख गरेका छन्।

फ्यानले ‘कार्यक्रम किन बन्द गर्न लागेको हो?’ भन्दै सोधेको प्रश्नमा उत्तर दिँदै कपिलले भनेका छन्,‘किनभने हाम्रो दोस्रो बच्चालाई स्वागत गर्न म मेरी श्रीमतीसँग घरमा हुनु आवश्यक छ।’

एक वर्ष अगाडि मात्र कपिल छोरीको पिता बनेका थिए।

उनीहरुको पहिलो सन्तानको नाम अनयर्या हो।

‘द कपिल शर्मा शो’ विभिन्न कारण दर्शकमाझ निकै रूचाइएको कार्यक्रम हो। शोमा प्रस्तोताका रुपमा कमेडियन कपिल शर्मा छन् भने उनीसँगै किकु शारदा, कृष्णा अभिषेक, भारती सिंह, अर्चना पुरन सिंहलगायत छन।


प्रतिक्रिया दिनुहोस्