नेप्से १६.५५ अंकले आरोलो लाग्दा यी कम्पनीका लगानीकर्ताले धेरै कमाए

प्रकाशित मिति : १५ माघ २०७७, बिहिबार  ३ : १६


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज १६.५५ अंकले ओरालो लागेको छ।

नेप्से परिचसुचक घटेर आज २४२५.२९ बिन्दुमा पुगेको हो। ‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.३२ अंकले घटेर ४४२.०६मा पुगेको छ।

आज २ सय १८ कम्पनीको २ करोड १६ लाख ८५ हजार ५ सय ६५ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६१ करोड ३० लाख ४२ हजार १ सय ६२ रुपैयाँको कारोबार भएको छ।

नेप्से आरोलो लाग्दा आज सुर्योदय लघुवित्त वित्तिय संस्था र सगरमाथा इन्स्योरेन्स कम्पनिका लगानीकर्ताले सर्वाधिक १० प्रतिशत कमाएका छन् भने सिद्धार्थ इक्विटी फण्डका लगानीकर्ताले सर्वाधिक ६.७८ प्रतिशत प्रतिकित्ताका दरले गुमाएका छन्।

यस्तै, सपोर्ट लघुवित्त वित्तिय संस्थाका लगानीकर्ता, प्रभुलाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले, आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था, एभरेष्ट इन्स्योरेन्स कम्पनी, सारथी नेपाल लदुवित्त संस्थाका लगानीकर्ताले पनि ९ प्रतिशत माथि कमाएका छन्।

आज नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी रकम कारोबार भएको छ । इन्स्योरेन्सले बिहीबार मात्र ५६ करोड ६३ लाख ९८ हजार ९ सय ९१ रुपैयाँको कारोबार भएको छ।

 


प्रतिक्रिया दिनुहोस्