काठमाडौं । पौडी खेल्ने क्रममा डुबेर अष्ट्रेलियाको ब्रीजबेन नजिक सनसाइनकोष्टमा पर्वत घर भएका एक नेपाली युवाको ज्यान गएको छ ।
गैरआवासीय नेपाली संघ कुइन्सल्याण्डका अनुसार डिपेन्डेण्ट भिसामा रहेका ४० वर्षिय युवाको पौडी खेल्ने क्रममा पट मलेनीस्थित गार्डेनर्स झरनाको तलाउमा मंगलबार साँझ डुबेर मृत्यु भएको हो ।
प्रत्यक्षदर्शीका अनुसार पौडी खेलेपछि नजिकैको ढुंगामा बसिरहेका ती पुरूष केही बेरपछि पानीमा खसेर बेपत्ता भएका थिए ।
मंगलबार साँझ ५ बजेतिर बेपत्ता ती पुरूषको शव साँझ ८ बजेतिर करिब ६ मिटर तल तलाउबाट प्रहरीले निकालेको थियो । मृतक आफ्ना चार जना साथीसँगै झरनामा पुगेका थिए ।
मृतकको पोष्टमार्टम गरेपछि मात्रै घटनाको वास्तविकता बाहिर आउने प्रहरीले जनाएको छ । ती पुरूष १८ महिनाअघि मात्रै डीपेन्डेन्डका रुपमा अष्ट्रेलिया आएका थिए ।
अष्ट्रेलिया पछिल्लो वर्ष मात्र पानीमा डुबेर मर्ने नेपालीको संख्या आधा दर्जनभन्दा बढी रहेको छ ।