ग्रीन लाइफले आईपीओ सार्वजनिक गर्दै

प्रकाशित मिति : १५ माघ २०७७, बिहिबार  १२ : ३९


काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपिओ) सार्वजनिक गर्ने भएको छ ।

यही माघ २३ गते शुक्रबारबाट आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता आईपिओ सार्वजनिक गर्न लागेको हो ।

जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि, ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका छुट्टाई बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि सार्वजनिक गर्न लागेको हो ।

शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ । न्युनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म खरिदका लागि फागुन ७ गतेसम्म आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्