जलवायु परिवर्तनको मुद्दालाई प्राथमिकता राख्दै बाइडेनले जारी गरे आदेश

प्रकाशित मिति : १५ माघ २०७७, बिहिबार  ८ : २८


काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तनको मुद्दा सम्बोधनका लागि शृङ्खलावद्ध रुपमा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । बाइडेनले केही स्थानमा उर्जा उत्खननमा प्रतिबन्ध लगाउनेसहितका आदेश जारी गरेका हुन् ।

बाइडेनले बुधबार भने, ‘ह्वाइट हाउसमा आजको दिन जलावायु दिवस हो । हामीले धेरै लामो समय पर्खिसक्यौँ र अब थप पर्खिन सक्ने अवस्था छैन ।’

जलवायु परिवर्तनका कारण सिर्जित संकट समाधानका लागि अमेरिकाले विश्वको नेतृत्व गर्नु पर्ने बाइडेनले बताएका छन् । यसअघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले वातावरणीय सुरक्षा कटौती गरेका थिए ।

त्यस्तै सार्वजनिक नयाँ तेल तथा ग्यासका लागि सार्वजनिक जमिनको प्रयोगमा प्रतिबन्ध लगाउनेसँगै सन् २०३० सम्ममा हावाबाट उत्पादन हुने उर्जालाई दोब्बर पार्ने उद्देश्यसहितका नीतिहरु आदेशमा छन् ।

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि जस्तै जलवायु संकट समाधानका लागि पनि एकीकृत राष्ट्रिय नीति र प्रक्रियाहरु आवश्यक रहेको उनलेको भनाई छ ।

बाइडेनले ह्वाइट हाउसमा जलवायु परिवर्तनका सम्बन्धमा आन्तरिक रणनीतिका लागि कार्यालय स्थापना गर्ने तथा आउँदो अप्रिलमा नेताहरुको सम्मेलन गर्नेसहितका आदेश दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्