उत्तर कोरियाले आफ्नै कोरोना खोप बनाउने

प्रकाशित मिति : फाल्गुन १३, २०७७ बिहीबार


सिओल । कोरोना भाइरस विरुद्ध विश्वमा धेरै देशले खोप बनाइसकेका छन्।

अमेरिका, रसिया, बेलायत लगायतका धेरै देशले कोरोना खोप बनाएका हुन। जुन खोप हाल मानिसमा लगाउन अनुमति समेत दिइसकेको छ।

यसैबीच, बाहिरि विश्वबाट टाढा रहेको उत्तर कोरियाले पनि आफ्नै कोरोना खोप बनाउने भएको छ।

उत्तरले हालसम्म आफ्नो देशमा कोरोना संक्रमणका कुनै घटना नरहेको बताउँदै आएको छ।

तर, उसले आफ्नै खोप बनाउन लागेको सिओल स्थित डिएनकेले जनाएको छ।

उत्तर कोरियाले विदेशी वैज्ञानिकहरूबाट ह्याक गरेको डाटा प्रयोग गरेर आफ्नै कोरोना खोप विकास गर्न थालेको रिपोर्टमा दाबी गरिएको छ।

यसअघि कोरोना खोप बनाउँदै गरेका ठूलो कम्पनीहरुले उत्तरबाट साइबर हमलाको प्रयाश भएको जनाएका थिए। किम जोंन उनको पार्टीले ह्याकरहरुको विशेष ब्युरोनै गठन गरेको आरोप लाग्दै आएको छ।

त्यस्ता ह्याकरहरुको टोलीले विभिन्न देशका महत्वूर्ण खोप फर्महरुमा हमला गरेर डाटा चोरेको आरोप छ ।


प्रतिक्रिया दिनुहोस्