१३ वर्षीया बालिकाको अपरहण गरी ४ वर्षसम्म बलात्कार गर्ने युवक पक्राउ

प्रकाशित मिति : फाल्गुन १३, २०७७ बिहीबार


धनगढी । १३ वर्षकी एक बालिकालाई अपहरण गरी ४ वर्षसम्म बन्धक बनाएर बलात्कार गर्ने युवकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।

कैलालीको भजनी नगरपालिका–४ बाट १३ वर्षीया एक किशोरीलाई २०७३ जेठ ३० गते अपहरण गरी ४ वर्षसम्म बन्धक बनाएर जबरजस्ती करणी गर्ने घोडाघोडी नगरपालिका–२ साँडेपानीका २४ वर्षीय छित्ता भन्ने अर्जुन बिक(कामी) पक्राउ परेका हुन।

४ वर्षअघि किशोरीलाई काठमाडौं महानगरपालीका–१० देविनगरस्थित डेरामा लगेर जबरजस्ती करणी गरिरहेको भन्दै जाहेरी आएपश्चात विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जाहेरीपछि खोजी गर्दा ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले काठमाडौंको तीनकुनेबाट विकलाई पक्राउ गरेको हो ।

पक्राउ परेका विकमाथि अपरहरण तथा शरीर बन्धक र जबर्जस्ती करणी गरेको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले बताएको


प्रतिक्रिया दिनुहोस्