म पनि अपांग नै हुँ, अर्काको किड्नीको बैशाखी टेकेर हिँडेको छु : ओली

प्रकाशित मिति : फाल्गुन १५, २०७७ शनिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि ‘अपांग’ भएको भन्दै अपांगता भएका व्यक्तिहरुलाई हरेस नखान आग्रह गरेका छन् ।

दुई वटा मिर्गौला फेरेर पनि अझै देश र जनताका लागि केही गर्न लागि परेको भन्दै प्रधानमन्त्री ओलीले भने– म अर्काको मिर्गौलाको बैशाखी टेकेर हिँडिरहेको छु । एक हिसाबमा म पनि आपांग नै हुँ । शारीरिक रुपमा अपांग हुँदैमा हरेस खानु हुँदैन ।

आइतबार काठमाडौंमा अपांगता भएका व्यक्तिहरुसँगको अन्तरक्रियामा उनले शारीरिक रुपमा भएको अशक्तता भन्दा मानसिक दरिद्रता खतरनाक हुने बताए ।

‘कोही-कोही सपांग छु भन्नेहरु देशको हितविपरीत लागेका छन् । शारीरिक रुपमा हुने कमजोरी भन्दा मानसिक दरिद्रता ज्यादै खतरनाक हुन्छ’ उनले भने ।

उनले साहित्यकार तथा लेखक झमक घिमिरेको उदाहरण दिँदै अपांगता भए पनि चेतनाले धेरै काम गर्न सकिने बताए । घिमिरेबाट सबैले प्रेरणा लिन सक्नुपर्ने उनको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस्