काठमाडौं । अभिनेत्री निर्देशक तथा निमात्री रेखा थापा नयाँ फिल्मको तयारीमा जुटेकी छन् ।
अभिनेत्री थापाले आउँदो बैशाखदेखि होमप्रोडक्सनमा निर्माण हुने फिल्मलाई छायांकनमा लैजाने बताएकी छन् ।
निर्देशक रेनशा राइसँगको फिल्म निर्माण गर्ने हल्ला फिँजिए पनि अहिलेलाई थाँती राखेर रेखाले आफ्नै निर्देशनमा फिल्म निर्माण गर्ने भएकी छन् ।
एक्सनवाला फिल्म निर्माणमा जुटेकी रेखा अहिले गृहकार्यमा ब्यस्त रहेकी छन् ।
यसै फिल्मका लागि रेखा २० किलो तौल अटाएको समाचार बाहिरिएको छ । निर्माता , कलाकारका अलवा स्क्रिप्ट लेखकका रुपमा आफै लागि परेकी छन् ।
बैशाखबाट छायांकनमा जाने फिल्मको अभिनेता अहिले रेखाले गोप्य राखेकी छन् । उनले फिल्ममा नयाँ हिरो लिने बुझिएको छ ।
लकडाउनको समयमा नै फिल्म बनाउन तम्सिएकी रेखा प्रशिक्षक राखेरै एक्सन कला सिकिरहेकी थिइन् ।
अहिले पनि उनी आफुलाई नयाँ फिल्मका लागि मेन्टेन गरिरहेकी छन् ।
लकडाउनको सममयमा रेखाको फिल्ममा रेनशा राईले निर्देशन गर्ने भन्दै कागजी अनुबन्धित गरिएको थियो। तर पछिल्लो समय यो फिल्मको निर्माणमा ढिलाइ हुने जानकारी बाहिरिएको छ ।