काठमाडौं । बलिउड अभिनेता वरुण धवन आज आफ्नो प्रेमिकाको साथमा बैवाहिक सम्बन्धमा बाँधिदै छन् ।
विवाहको तयारीका तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । विवाहको लागि उनीहरुले महाराष्ट्रको अलीबागको हाउस बुकिङ गरेका छन् । विवाहको लागि वरुण परिवार होटल पुगिसकेका छन् ।
विवाहमा वरुणको परिवार तथा आफन्त र केही कलाकारलाई मात्र विवाहको कार्ड बाँडिएको छ । विवाहमा दुलहा र दुलहीको तर्फबाट करिब ५० जनामात्र सहभागी हुने भारतीय मिडियाले जनाएको छ ।
कोरोना भाइरस संक्रमणबो डर अझैै कामय रहेको कारण डेविट धवनले गेस्ट लिस्ट निकै छोटो बनाएका छन् । यस लिस्टमा बच्चन परिवा, कपुर परिवार र गोविन्दाको परवारको नाम नभएको भारतीय मिडियाले जनाएको छ ।
सलमान खान,शाहरुख खान, लगायतका सुपरस्टार वरुणलाई आशिर्वाद दिन जानेछन् । फिल्म निर्माता करण जोहरले वरुण र नताशाको संगीत सेरेमनी होस्ट गर्नेछन् । साथै जाहन्वी कपुर र अर्जुन कपुरले डान्स गर्नेछन् ।