शनिवार विप्लव समूहको नेपाल बन्द

प्रकाशित मिति : फाल्गुन १३, २०७७ बिहीबार


काठमाडौं । सरकारकाद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भोलि (शनिवार)का दिन ‘नेपाल बन्द’को आह्वान गरेको छ।

आफ्नो पार्टीका केन्द्रीय सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’को गिरफ्तारी विरुद्ध विप्लव समूहले बन्दको आयोजना गरेको हो।

नेता बाँस्तोला गिरफ्तार परेपछि महासचिव विप्लवले संघर्षको कार्यक्रम घोषणा गरेका थिए।

विप्लव समूहका ब्युरो र जिल्ला समितिहरुले पनि विभिन्न जिल्लामा शनिवार बन्दको कार्यक्रम रहेको भन्दै विज्ञप्ति जारी गरेका छन।


प्रतिक्रिया दिनुहोस्