शुक्रबार घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

प्रकाशित मिति : फाल्गुन १३, २०७७ बिहीबार


काठमाडौं । साप्ताहिक कारोबारको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको हो । शुक्रबार छापावाल सुनको मूल्य तोलाको ९२ हजार ९ सय रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार १ सय रुपैयाँ थियो भने तेजाबी सुनको मूल्य ९२ हजार ४ सय रुपैयाँ प्रतितोला थियो ।

यसअघि बिहीबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको थियो । बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ थियो भने तेजाबी सुनको मूल्य ९२ हजार रुपैयाँ थियो ।
शुक्रबार नेपाली बजारमा चाँदीको मूल्यमा पनि गिरावट आएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको महासंघले जानकारी दिएको छ ।

शुक्रबार चाँदीको मूल्य १ हजार २ सय ६० रुपैयाँ कायम भएको छ भने बिहीबार १ हजार २ सय ७५ रुपैयाँ थियो ।


प्रतिक्रिया दिनुहोस्