काठमाडौं । अमेरिकामा एकैदिन एक लाख ७७ हजार ४ सय ६४ जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ ।
यसरी अमेरिकामा कोरोना संक्रमितको संख्या दुई करोड ५१ लाख ७८ हजार ५ सय २८ पुगेको छ ।
त्यस्तै अमेरिकामा कोरोना संक्रमणबाट एकैदिन तीन हजार ८ सय ८० जनाको मृत्यु भएको छ ।
यसरी अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार लाख १९ हजार ७ सय ९३ पुगेको छ ।
त्यस्तै अमेरिकामा एक करोड ५० लाख ९४ हजार १ सय ४९ जना संक्रमित उपचारपछि निको भएका छन् ।