कर्नाटकको एक खानीमा ट्रक बिस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु

प्रकाशित मिति : फाल्गुन १३, २०७७ बिहीबार


काठमाडौं । भारतको कर्नाटक शिवमोगा जिल्लामा एक खानी नजिकै ट्रकमा बिस्फोट भएको छ । जहाँ धेरै मानिसहरु मारिएको आशंका गरिएको बीबीसीले जनाएको छ ।

एक प्रहरी अधिकारी इमरान कुरैशीले बीबीसीसँगको कुराकानीमा उक्त ट्रकमा भारी मात्रामा जिलेटिनको डन्डी राखिएको जानकारी दिएका छन् ।

उनी भन्छन्, ‘हामी सबै घटनास्थलमा यो पत्ता लगाउन असमर्थ छौं कि कतिजनाको मृत्यु भएको छ किनभने त्यहाँ असाध्यै अँध्यारो छ र बिस्फोटको दुर्गन्धका कारण पनि त्यहाँ पुग्न मुश्किल छ ।’

उनका अनुसार ट्रकमा भारी मात्रामा जिलेटिनको डण्डीका साथै मजदुर पनि सवार थिए । समाचार एजेन्सी पिटिआईका अनुसार दुर्घटनामा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।

कर्नाटकको शिवमोगा जिल्लाको डिस्ट्रिक्ट डेप्युटी कमिश्नर केबी शिवकुमारले भने, ‘हामीले पूरा इलाकामा घेराबन्दी गरिदिएका छौं । हामी चाहन्नौं कि त्यहाँ अरु मानिसहरु पनि जाउन् किनभने अँध्यारो भएका कारण हामी दोस्रो दुर्घटना होस् भन्ने चाहन्नौं । त्यहाँ बिस्फोटक छ कि छैन भनेर हामीलाई थाहा पनि छैन ।’


प्रतिक्रिया दिनुहोस्