६ लाख धरौटी बुझाएर छुटे बाघलाई ठक्कर दिने कार चालक

प्रकाशित मिति : फाल्गुन १३, २०७७ बिहीबार


बारा । पाटेबाघलाई कारले ठक्कर दिने चालक धरौटीमा छुटेका छन् ।

पूर्वपश्चिम राजमार्गको बारा–जितपुर सडकखण्डमा पाटेबाघलाई कारले ठक्कर दिने चालक धरौटीमा छुटेका हुन् ।

बा १६ च ८११ नम्बरको कारले गत पुस १८ गते जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगलमा ठक्कर दिँदा पाटेबाघ मरेको थियो ।

प्रहरीले तत्कालै सर्लाहीका चालक अजय मिश्रलाई नियन्त्रणमा लिएको थियो ।

उनलाई जिल्ला अदालत बाराले पुस २८ गते धरौटीमा छोडेको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रमेश यादवले जानकारी दिए ।

उनीमाथि बाघलाई सवारीसाधनले ठक्कर दिई मारेको आरोपमा प्रहरीले मुद्दा चलाएको थियो। निकुञ्जले सो कसुरमा ५ लाखदेखि १० लाखसम्म जरिवाना र पाँच वर्षदेखि १० वर्षसम्म कैद सजायको माग गरेको थियो।

 


प्रतिक्रिया दिनुहोस्