प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथि सर्वोच्चमा बहस सुरू

प्रकाशित मिति : फाल्गुन १३, २०७७ बिहीबार


काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिट निवेदनको सुनुवाइ आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुरू भएको छ । अहिले रिट निवेदकका तर्फबाट अधिवक्ता ओमप्रकाश अर्यालले बहस गरिरहेका छन् ।

गत पुस ५ मा सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन गरेपछि त्यसविरुद्ध परेका रिटको सुनुवाइ संवैधानिक इजलासमा आइतबारदेखि निरन्तर बहस भइरहेको छ ।

बुधबार रिट निवेदकको पक्षमा अधिवक्ताहरु चन्द्रकान्त ज्ञवाली, कृष्णप्रसाद भण्डारी, अनिता मानन्धर, नवराज पाण्डे, सुजन नेपाल, सुरेन्द्र विक्रम केसी, देवबहादुर महत र रिट निवेदक कञ्चनकृष्ण न्यौपानेले बहस गरेका थिए ।

रिटमाथिको बहस लामो भएपछि कानून व्यवसायीलाई टाइम कार्ड लागू गरिएको छ । बुधबारबाट बहसमा भाग लिने कानुन व्यवसायीलाई आधा घण्टाको समय तोकिएको थियो ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसी छन् ।

 


प्रतिक्रिया दिनुहोस्