ललितपुरको चाँगाथलीमा श्रीमान्–श्रीमती घरभित्रै मृत फेला !

प्रकाशित मिति : फाल्गुन १३, २०७७ बिहीबार


काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथलीमा घर भित्रै एउटा दम्पति (श्रीमान्–श्रीमती) मृत फेला परेका छन् ।

सप्तरीको राजविराज घर भइ चाँगाथलीमा फ्ल्याट भाडामा लिएर बस्दै आएका ३२ वर्षीय सागर पोखरेल र उनकी श्रीमती २२ वर्षीय निर्मला पोखरेल सोमबार घर भित्रै मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार सागर लामो समयदेखि ललितपुरमै बस्दै आएका थिए । मृत भेटिएको चाँगाथलीको फ्ल्याटमा उनीहरु ४ वर्षदेखि बस्दै आएका थिए ।

महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बब्राचार्यले सागर र निर्मला मृत भेटिएको कोठामा सल्फास नामक विषादीको बट्टा समेत भेटिएको छ । घटनास्थलको प्रकृति हेर्दा दुवै जनाले आत्महत्या गरेको देखिए पनि अन्य कोणबाट समेत अनुसन्धान भइरहेको एसएसपी बज्राचार्यले जानकारी दिइन् ।

मृत भेटिएका सागर भेटनरीको सामान सप्लाइको काम गर्दै आएका थिए । उनले गत फागुनमा निर्मलासँग विवाह गरेका थिए । चाँगाथलीमा उनीहरु बुवा–आमासँग बस्दै आएका थिए । तर, शुक्रबार मात्र उनीहरुका बुवाआमा आफन्तकहाँ गएका थिए ।

आइतबार बिहान छोराबुहारीलाई फोन गर्दा सम्पर्क नभएपछि बुवाआमाले घरभेटीलाई फोन गरेका थिए । घरभेटीले फ्ल्याटको ढोका खोलेर हेर्दा अस्वभाविक अवस्था देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले घटनास्थलमा कुनै पनि सुसाइट नोट वा मृत्युको कारण खुल्ने कागजात फेला नपरेको जानकारी दिएको छ । घटनास्थलमा पुग्दा मृतक पुरुषको तल्लो शरीरको तल्लो भाग भने अर्धनग्न अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्