बीमा कम्पनीले माग्यो मृत्युको प्रमाणपत्र, लाश लिएर अफिसमा पुगे आफन्त

प्रकाशित मिति : चैत्र २९, २०७७ आइतबार


बीमाको भुक्तानी विमा कम्पनीहरुले नदिएका समाचार बेला बखतमा सार्वजनिक हुने गरेका छन् ।

नेपालमा पछिल्लो समय कोरोना बीमा गरेकाहरुको बिमाको रक कम्पनीहरुले भुक्तानी नगरेको भन्दै विरोधसमेत भएको थियो तर यो घटना नेपालको भने होइन ।

दक्षिण अफ्रिकामा जीवन बीमाको दाबी भुक्तानी माग्न जाँदा बीमा कम्पनीले मृत्युको प्रमाणपत्र माग गरेपछि मृतकका आफन्तले विमितको शव नै बोकेर बीमा कम्पनीको कार्यालय पुगेका छन् ।

४६ वर्षका सिफिसो जस्टिस म्हेल्गोको मृत्यु गत ७ नोभेम्बरमा भएको थियो ।

उनले जीवित छँदा आफ्नो जीवन बीमा गरेका थिए । त्यसैले उनको मृत्युपछि उनका परिवारजन बीमा दाबी भुक्तानी माग गर्दै बीमा कम्पनीको अफिसमा पुगे ।

तर बीमा कम्पनीचाहिँ सिफिसोको मृत्यु भएको पत्याउन तयार भएन ।

बीमा कम्पनीका कर्मचारीले उनको मृत्यु भएको प्रमाण पेश गर्न निवेदकलाई आग्रह गरे ।

त्यसपछि मृतक सिफिसोका परिवारजन उनको मृत्युको प्रमाणको रुपमा उनकै लाश बोकेर बीमा कम्पनीको कार्यालयमा पुगे ।


प्रतिक्रिया दिनुहोस्