शवलाई काँधमा बोकेर पूर्व सैनिक प्रहरी चौकीमा पुगेपछि..

प्रकाशित मिति : फाल्गुन १३, २०७७ बिहीबार


नशामा रहेका भारतीय पूर्व सैनिकले कार चलाइरहेका बेला एक व्यक्तिलाई ठक्कर दिए। जसका कारण ती व्यक्तिको मृत्यु भयो।

ठक्करबाट ज्यान गुमाएका ती व्यक्तिलाई पूर्व सैनिकले काँधमै बोकेर चौकी पुगेका छन्। यो घटनामा भारतको छत्तिसगढको बलरामपुरको हो।

प्रहरी चौकीमा पुगेर शव त्यहाँ राखेपछि उनले आफूले मारेको स्विकारेका थिए।

ति सैनिकको नाम लालमन मरावी रहेको छ। भारतीय प्रहरीले उनलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

बलरामपुर जिल्लाको वाड्राफनगर विकास खण्डमा भएको यो घटनाले आम मानिसलाई चकित तुल्यायो। दुई किलोमिटर हिड्दै ती पूर्व सैनिकले शव प्रहरी चौकीमा पुर्याएका हुन। एजेन्सी

 


प्रतिक्रिया दिनुहोस्