काठमाडौं । बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।
बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई पेनाल्टीमा पराजित गरेर बार्सिलोनाले फाइनलमा स्थान बनाएको हो।
अतिरिक्त समयको खेलमा पनि १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो।
एन्टोनी ग्रिजम्यान र फ्रेन्की डी जोङ्गले पेनाल्टीमा गोल गर्न नसकेपछि रिक्यू पुइगले बार्सिलोनाका लागि विजयी गोल गरेका हुन्।