लण्डनमा नेपाली युवकको हत्या

प्रकाशित मिति : माघ १०, २०७७ शनिबार


बेलायतको लण्डन नजिकै इस्टकोट ट्रेन स्टेशनमा एक नेपाली युवकको हत्या भएको छ।

इस्टकोट अन्डरग्राउन्ड स्टेशनमा आइतबार राति १० बजे अज्ञात समुहरुवीच भएको झडपमा नेपाली युवकको मृत्यु भएको हो।

काठमाण्डौं घर भएका ३५ वर्षीय बिक्रम केसी इस्टकोट अन्डरग्राउन्ड नजिकै बसोवास गर्दै आएका थिए।

घटना लगत्तै पुगेका प्रहरीका अनुसार उनी माथि आक्रमण गर्ने एक जनालाई पक्राउ गरि अनुसन्धान थालिएको छ।

एक इन्डियन रेन्टुरेन्टमा काम गर्ने केसी कामबाट घर फर्किने बेला उक्त घटना भएको हो।

नेपालमा काठमाडौं घर भएका मृतक केसी आफ्नो श्रीमतीको साथमा विगत १४ वर्षदेखि बेलायत बस्दै आएका थिए।

यसैबीच, नेप्लिज सेफ एसोसिएसन युकेले हत्याको भत्र्सना गरेको छ।

एसोसिएसन युके अध्यक्ष दधि आचार्यले केसीको हत्याराले कडा भन्दा कडा सजाय पाउनु पर्ने र पीडितले क्षतिपुर्ति दिन संस्थागत रुपमा पहल गर्ने बताएका छन्।


प्रतिक्रिया दिनुहोस्