यस्तो छ आगामी ३ दिनको मौसम

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ७ : ०५


जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा बुधबार साँझबाट पश्चिमी वायुको सामान्य प्रभाव सुरु भएको जनाएको छ।

महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार यसैको प्रभावले अहिले देशका पहाडी भेगमा बादल लागेको छ। साथै मौसममा अहिले स्थानीय वायुको प्रभाव पनि छ।

महाशाखाले अघि साँझ ६ बजे प्रकाशन गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशको पहाडी भेगमा मौसम आंशिक बदली छ भने पूर्व र पश्चिम तराईमा हल्का हुसुरकुहिरो लागेको छ।

यस्तो छ आगामी ३ दिनको मौसम

पुस २९ गते (बुधबार)

राती : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेशको तराईका भूभागमा आंशिक बदली र देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

माघ १ गते (बिहीबार)

दिउँसो : प्रदेश १, प्रदेश २ बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बदली रहेर देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली हुने देखिन्छ। प्रदेश नं १ का एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

माघ २ गते (शुक्रबार)

दिउँसो स् प्रदेश नं १, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका धेरै भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहने देखीन्छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका विभिन्न भूभागमा तापक्रममा हल्का गिरावट आउनाका साथै तराईका धेरै भूभागमा बिहानको समयमा बाक्लो हुस्सुरकुहिरोसमेत लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।


प्रतिक्रिया दिनुहोस्