इन्डिगो एयरलाइन्सका स्टेसन म्यानेजरको गोली हानी हत्या

प्रकाशित मिति : माघ १०, २०७७ शनिबार


नयाँ दिल्ली । भारतीय इन्डिगो एयरलाइन्सका स्टेसन म्यानेजरको गोली हानी हत्या भएको छ।

इण्डिगो एयरलाइन्सका स्टेशन म्यानेजर ४२ बर्षीय रुपेश कुमार सिंहको बिहारको राजधानी पटनामा गोली हानी हत्या भएको भारतीय सञ्चार माध्यमले जनाएका छन। मोटरसाइकलमा आएको समूहले उनलाई गोली हानेको थियो।

गोली लागेर घाइते भएका उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो।

विमानस्थलबाट घर फर्किने क्रममा उनीमाथि गोली प्रहार भएको बताइएको छ।

प्रहरीका अनुसार रुपेशको छातीमा ७ वटा गोली लागेको थियो। प्रहरीले यतिबेला हत्यामा संलग्न भएकाहरुको खोजी कार्य जारी राखेको छ। घटनामा संलग्नहरुको खोजी भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्