फेवातालमा डुबेर एक युवकको मृत्यु, एक साता पछि शव फेला

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ६ : ३३


पोखरा । कास्कीको पोखरा महानगरपालिका २२ लेकसाईडका २४ वर्षीय सन्तोष परियारको शव फेवातालमा फेला परेको छ।

यही पुस २२ गते सो तालमा डुबेर बेपत्ता भएका परियारको शव सशस्त्र प्रहरीले आज (बुधबार) फेला पारेको हो।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण कास्कीबाट खोजी कार्यको लागि खटिएको एपीएफ टोलीले उनको शव पानीमा तैरिरहेको अवस्थामा फेला पारि बाहिर निकालेको एपीएफले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्