प्रधानमन्त्री ओलीको विरोधमा अनेरास्ववियूको कार्टुन प्रदर्शन

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ६ : ०३


काठमाडौं । प्रचण्ड-माधव नेपाल नेतृत्वको नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध ब्यङ्ग्यात्मक कार्टुन प्रदर्शन गरेको छ।

ओलीले संसद विघटन गरेको विरोधमा सडकमा ब्यङ्ग्यात्मक कार्टुन प्रदर्शन गरिएको हो।

आन्दोलनरत अनेरास्ववियूको दोस्रो चरणको कार्यक्रम अन्तर्गत राजधानीको कमलादीस्थित डवलीमा सो प्रदर्शन गरिएको हो।

विरोध प्रदर्शनमा प्रधानमन्त्रीको असंवैधानिक कदमलाई ब्यङ्ग्य गर्दै विभिन्न संचारमाध्यमहरुमा विभिन्न मितिमा प्रकाशित गरिएका कार्टुनहरुलाई संकलन गरी प्रदर्शन गरिएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जनाए ।

कार्टुन प्रदर्शन कार्यक्रममा ‘प्रतिगमन भारी छ, हाम्रो आन्दोलन जारी छु’, ‘संविधान माथि को रैछन् , केपि ओली पो रैछन्’ जस्ता नारा लगाइएको थियो।

कार्यक्रममा प्रतिगमन नसच्चिंदा सम्म आन्दोलन जारी रहने भन्दै चांडै तेस्रो चरणको कार्यक्रम सार्वजनिक गरिने अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले बताए।


प्रतिक्रिया दिनुहोस्