काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का प्रभावशाली नेता धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् ।
हाल विप्लव समूहको पश्चिम कमाण्ड प्रमुख रहेका बाँस्तोलालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दियो ।
स्रोतका अनुसार बाँस्तोलालाई ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरिएको हो ।
बाँस्तोलाको साथबाट महत्वपूर्ण दस्तावेजहरु समेत बरामद गरिएको श्रोतको भनाई छ ।