पत्र लेखेर निर्वाचन आयोगलाई प्रधानमन्त्री ओलीले भने-‘दाहाल समूहको निवेदन अभिलेखिकरण नगर्नु’

प्रकाशित मिति : माघ ९, २०७७ शुक्रबार


प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई पत्र पठाएर दाहाल नेपाल समूहबाट आएका निवेदनलाई अभिलेखीकरण गर्न आग्रह गरेका छन्।

निर्वाचन आयोगलाई पठाएको पत्रमा प्रधानमन्त्री अ‍ोलीले नेकपा विभाजन नभएको उल्लेख गरेका छन्।

आयोगले पुस २३ मा पठाएको पत्रको जवाफमा नेकपा अध्यक्ष ओलीले आफू प्रथम अध्यक्ष रहेको र त्यही प्रमुख पदाधिकारीको हैसियतमा आफूले पठाएको विवरणमात्र सूचीकरण गर्न निर्वाचन आयोगलाई सुझाएका हुन्।

ओलीले ११ पृष्ठ लामो पत्र लेख्दै यसको वैधानिक अधिकार आफूमा रहेको समेत दाबी गरेका छन् ।

उनले पार्टी विभाजन नभएको भन्दै त्यसमा समेत ध्यान दिन आयोगलाई आग्रह गरेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक हुँदाको विषयमा समेत ध्यान राख्‍न आयोगलाई ओलीले आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस्