फेसबुकमा ‘जव भ्याकेन्सी’ को विज्ञापन गरेर बेरोजगार युवाहरुलाई ठग्ने व्यक्ति पक्राउ

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ४ : ४२


काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा रोजगारीको अवसर (Job Vacancy) को विज्ञापन राखि ठगी गरेको आरोपमा एक युवक प्रकाउ परेका छन्।

पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका वडा नं ८ घर भई हाल काँडाघारी बस्दै आएका २३ बर्षीय शिव खड्का छन् । उनलाई महानगरीय अपराधा महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो।

जब भ्याकेन्सी पेज बनाई उनले बेरोजगार युवाहरुलाई आकर्षित गर्दै ठग्दै आइरहेका थिए।

खड्काले रोजगारीका लागि सुरुमा एक हजार पाँच सयदेखि तीन हजार पाँच सयसम्म इसेवामार्फत डिपोजिट गर्नुपर्छ भनी ४३ जना युवाहरुबाट रकम ठगी गरेको प्रहरीले जनाएको छ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साथै यस्ता खालका प्रलोभनबाट बच्नको लागी ठगिए खबर गर्न महानगरीय अपराध महाशाखाले सबैमा अनुरोध समेत गरेको छ।

 


प्रतिक्रिया दिनुहोस्