माधव नेपाल पहिलो अध्यक्ष: प्रचण्ड

प्रकाशित मिति : माघ १०, २०७७ शनिबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार नेपाल पार्टीको पहिलो अध्यक्ष रहेको बताएका छन् ।

‘आजको मितिमा माधव नेपाल हाम्रो पार्टीको एक नम्बर अध्यक्ष हो,’ आज काठमाडौंमा आफ्ना पक्षका नेतारकार्यकर्तासँग प्रचण्डले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता हुन गएको भन्दै टिप्पणी गर्ने गरेका थिए ।

त्यसतर्फ संकेत गर्दै प्रचण्डले माधव नेपाल एक नम्बर अध्यक्ष भएको बताएका छन् ।

 


प्रतिक्रिया दिनुहोस्