विप्लव नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला पक्राउ

प्रकाशित मिति : माघ ९, २०७७ शुक्रबार


काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक प्रमुख नेता पक्राउ परेका छन्।

केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले बुधबार दिउसो पक्राउ गरेको विप्लव नेकपा स्रोतले जनाएको छ।

नेता बास्तोलासहित प्रकाश शाही, बिबेक कुमाल सहित ३ जनालाई अपरान्ह ललितपुरको बागमती गाउपालिकावाट प्रहरीले प्रकाउ गरेको बताइएको छ।

नेता बास्तोला विप्लव नेकपाको अन्तराष्ट्रिय ब्युरो प्रमुख हुन भने बरियतामा विप्लव समूहको शिर्ष ५ नेता मध्येका एक हुन। नेता बाँस्तोलालाई विप्लव नेकपाले पश्चिम कमाण्ड प्रमुखको जिम्मेवारी समेत दिएको थियो।

विप्लव नेकपाका शिर्ष नेता मध्ये यसअघि सचिवालय सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ पक्राउ परिसकेका छन्। हाल उनी नख्खु कारागारमा जेल जिवन बिताइरहेका छन्। सुदर्शन पछि पक्राउ पर्नेमा बास्तोला हालसम्मकै शिर्ष नेता हुन।

प्रतिबन्ध लगाएपछि विप्लव नेकपामाथि सरकारले धरपकड जारी राखेको छ।


प्रतिक्रिया दिनुहोस्