भोइस अफ नेपालमा आस्था राउतको ठाँउमा तिर्सना गुरुङ

प्रकाशित मिति : माघ १०, २०७७ शनिबार


काठमाडौं । चर्चित रियालिटी सो ‘भोइस अफ नेपाल’ सिजन-३ चाँडै प्रशारणमा आउने भएको छ।

भोइस अफ नेपाल टिमले बुधबार राजधानीमा कार्यक्रमको आयोजना गरि नयाँ सिजन चाँडै आउन लागेको जानकारी दिएको हो।

सिजन-३ मा एक कोच परिवर्तन गरिएको छ। नयाँ सिजनको कोचमा त्रिश्ना गुरुङ हुनेछन्।

भोइसको तेस्रो संस्करणमा दोस्रो सिजनकी कोच आस्था राउतको स्थानमा अर्की चर्चित गायिका त्रिश्ना गुरुङलाई कोचको रुपमा देख्न पाइनेछ।

यसअघि पहिलो सिजनबाट दोस्रो सिजनमा आउँदै गर्दा भोइसले दुई कोचर परिवर्तन गरेको थियो।

दोस्रो सिजनमा सनुप पौडेलको स्थानमा राजु लामा र अभया सुब्बाको स्थानमा आस्था राउतलाई प्रतिस्थापन गरिएको थियो।

 


प्रतिक्रिया दिनुहोस्