काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’संवैधानिक अंगहरू प्रधानमन्त्री ओलीको पक्षमा लागे आँधी हुरी आउने चेतावनी दिएका छन्।
बुधबार नेकपा काठमाडौँले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीलाई ‘राजनीतिक जोक्कर’को संज्ञा दिए।
सर्वोच्च अदालत र निर्वाचन आयोगले न्याय दिनेमा आफूहरु ढुक्क रहेको पनि दाहालले बताए। तर, प्रधानमन्त्री अोलीले छलछाम र षडयन्त्र गरेर संवैधानिक अंगहरुलाई आफ्नो पक्षमा पार्न खोजेको दाहालले आरोप लगाए। त्यसो गरिए जनताले आँधी हुरी ल्याउने दाहालको चेतावनी छ।
नेकपाको एकता टुट्नुमा ओली नै दोषी रहेको प्रचण्डको दाबी छ।
‘केपी ओलीले राजनीतिक जोकरपन देखाउनुभयो। जोकरका पछाडि कोही पनि लाग्दैनन्,’ भेलामा प्रचण्डले भने, ‘साथीहरू त पोलिटिकल जोकरजस्तो लाग्छ।’