ओलीले कमेडी शो गरिरहेको भन्दै प्रचण्डले भने– सूर्य चिह्न नपाए देशमा आँधिहुरी आउँछ

प्रकाशित मिति : माघ १०, २०७७ शनिबार


काठमाडौं । विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सूर्य चिन्ह नपाए देशमा आँधिहुरी बतास आउने चेतावनी दिएका छन् । प्रचण्ड–माधव नेपाल पक्षधर नेकपाको काठमाडौं जिल्ला भेलालाई बुधवार सम्बोधन गर्दै प्रचण्डले चुनाव चिन्ह आफूहरुको पक्षमा नभए ‘कयामत’ हुने चेतावनी दिएका हुन् ।

‘निर्वाचन आयोगले विश्वास दिलाएको छ । सूर्य चिन्ह र पार्टीको आधिकारिकता हाम्रै हुन्छ । यदि भएन भने यहाँ ‘कयामत’ आउछ, यो देशमा आँधिहुरी वतास आउछ । केपी ओलीले संविधाान मिचेर छुरा धसे जस्तै अरु संवैधानिक निकायले पनि त्यसै गरे भने जनता हेरेर बस्दैनन्’प्रचण्डले भने ।

दुई तिहाई बहुमतले हटाइसकेको केपी ओलीलाई निर्वाचन आयोगले अध्यक्षकै रुपमा मानेर पत्राचार गरेकोमा पनि आफूहरुले आपत्ति जनाइसकेको जानकारी प्रचण्डले दिए ।

केपी ओलीप्रति आक्रोशित रुपमा प्रस्तुत भएका प्रचण्डले ओली निर्घिणी र जोकरका रुपमा प्रस्तुत भएको टिप्पणी गरे । उनले मान्छेलाई भ्रममा पार्ने कला ओलीमा रहेको बताए ।

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली समूहको सभा प्रहसन र कमेडी शो जस्तो भएको तर आफूहरु कमेडी र प्रहसन गर्दै नहिँडेको बताए ।

राजनीतिक दल र जनताले ७० वर्षदेखि गरेको संघर्ष उपलब्धिलाई प्रधानमन्त्री ओलीले खोसेको भन्दै प्रचण्डले धरापमा परेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई जोगाउन संघर्ष गर्नुपर्ने बताए।

 


प्रतिक्रिया दिनुहोस्