कमरेडबाट ओली तानाशाह बने, उनले घुँडा टेक्नैपर्छ : अष्टलक्ष्मी शाक्य

प्रकाशित मिति : माघ १०, २०७७ शनिबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी पुष्पकमल दाहाल प्रचण्ड माधवकुमार नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओली कमरेडबाट तानाशाह बनेको टिप्पणी गरेकी छन् ।

ओलीले प्रतिनिधि सभा विघटन गरेर तानाशाही बनेको आरोप लगाएकी शाक्यले ओलीले घुँडा टेक्नैपर्ने बताएकी हुन् ।

प्रचण्ड माधव समूहको काठमाडौ जिल्ला कमिटीले गरेको विरोध सभामा ओलीमा कम्युनिस्ट आचरण एक रत्ति पनि नभएको आरोप शाक्य आरोप लगाइन् ।

ओली तानाशाही र स्वच्छाचारी भएकाले उनलाई कमरेड भन्नुको औचित्य सकिएको बताइन् । प्रतिनिधि सभा विघटन विरुद्ध काठमाडौं तातिसकेको बताइन्। ‘काठमाडौं कि तात्दै तात्दैन,तातेपछि सेलाउँदैन। अब काठमाडौं तातिसकेको छ’ उनले भनिन् ।

प्रधानमन्त्री ओलीको कदमले कम्युनिस्ट आन्दोलनलाई केहि धक्का लागेको उनले बताइन्। ओली सत्ताबाट झर्न धेरै समय नभएको उनको ठहर छ।


प्रतिक्रिया दिनुहोस्