बैतडीमा १७ वर्षीया किशोरीमाथि घरमै गएर सामूहिक बलात्कार

प्रकाशित मिति : माघ १०, २०७७ शनिबार


बैतडी । बैतडी जिल्लामा १७ वर्षकी एक किशोरी आफ्नै घरमा सामूहिक रुपमा बलात्कृत भएकी छन् ।

जिल्लाको पञ्चेश्वर गाउपालिका घर भएकी १७ वर्षीया किशोरीलाई गाउँकै युवकले घरमै गएर सामूहिक बलात्कार गरेका प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले बलात्कारमा संलग्न १ जना युवकलाई भने पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा पञ्चेश्वर गाउँपालिका–४ का २३ वर्षीय प्रविन चन्द छन् ।

प्रविनसहितका युवाहरुले पुस १५ गतेको राति किशोरीको घरमै गएर बलात्कार गरेका प्रहरीको भनाइ छ ।

प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको जानकारी दिएको छ ।

पीडित किशोरीको भने प्रहरीले उद्दार गरेर सदरमुकाम ल्याएको छ । अहिले उनलाई जिल्ला अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नारायणप्रसाद अधिकारीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्