शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रबाट भरुवा बन्दुकसहित शिकारी पक्राउ

प्रकाशित मिति : माघ १०, २०७७ शनिबार


काठमाडौं । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रबाट नेपाली सेनाको टोलीले हतियार (भरुवा बन्दुक)सहित १ जना शिकारीलाई पक्राउ गरेको छ ।

वन्जन्तुको शिकार गरी अवैध रुपमा तस्करी गर्ने कार्यमा संलग्न व्यक्तिलाई पक्राउ गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–६ घर भएका ५३ वर्षीय लक्ष्मीचन्द्र शाही छन् ।

निकुञ्ज क्षेत्रमा नियमित गस्ती गर्ने क्रममा सेनाको टोलीले शाहीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका शाहीको साथबाट १ थान भरु बन्दुक, त्यसमा लाग्ने गोली १९, छर्रा, केप तथा बारुदको बट्टा १–१ थान र वन्यजन्तुको माशु बरामद गरिएको सेनाले जानकारी दिएको छ ।

पक्राउ परेका शाहीलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि निकुञ्ज कार्यालयमा बुझाइएको सेनाले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्