सगरमाथामाथि भारतले दाबी गर्नुपर्छ भन्ने जी न्यूज बन्द गर्न माग गर्दै प्रदर्शन

प्रकाशित मिति : माघ ९, २०७७ शुक्रबार


बुटवल । कालापानी र सगरमाथावारे भ्रमक समाचार र सामाग्री प्रचार गर्ने भारतीय मिडिया जी न्युज नेपालमा बन्द गर्नुपर्ने मागसहित बुटवलस्थित लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको कार्यालय अगाडि प्रदर्शन गरिएको छ ।

सगरमाथाको नाप भारतीयले गरेको र सगरमाथामाथी भारतले पनि दावी गर्नुपर्ने समाचार सामाग्री जी न्यूजले प्रशारण गरेको थियो ।

जसको विरोधमा विद्यार्थीहरुले एकाबिहानै प्रदर्शन गरेका छन् ।

अनेरास्ववियु केन्द्रीय सदस्य अनुप पोखरेलले प्रदर्शनपश्चात् आयोजित कोणसभामा भने,”प्रधानमन्त्री केपी शर्मा ओली भारतीय ईशारामा चलेको प्रस्ट देखिएको छ । उनी लाज पचाएका मान्छे हुन् । नैतिकताबिहिन हुँदै गएका छन् । नेपालको प्रधानमन्त्री भन्न पनि लाज लाग्न थालेकोछ । “

पोखरेलले केही महिनाअगाडि यही च्यानलले नेपाल र नेपालीलाई लज्जित पार्नेगरी प्रधानमन्त्री ओली र चिनियाँ राजदूतलाई जोडेर अन्तर्राष्ट्रिय जगतमा बद्नाम गराएकाे नेपालीले नबिर्सिएको पनि बताए । उनले भने,- जसले नेपालकाे अखन्डतामाथि धावा बाेल्याे तिनै सुधिर चाैधरी र जि न्युज टिमलाई बाेलाएर प्रधानमन्त्रीले शीर झुकाउने काम गरेका छन् । बालुवाटारमा हामीले तिरेकाे करबाट भाेज खाएका चाैधरीले भोलिपल्टै सगरमाथा बेस क्याम्प पुगेर नेपाल र नेपालीकाे स्वाधिनतामाथि मिडियामार्फत आक्रमण गरेका छन् ।”


प्रतिक्रिया दिनुहोस्