६ फिट लामो बाघको छालासहित काठमाडौंबाट एकजना पक्राउ

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  १० : १६


काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपलिका–९ स्थित मनमैजुबाट प्रहरीले बाघको छालासहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मनमैजु बस्ने बृशराज घले छन् ।

प्रतिबन्धित बाघको छाला बेच्न ग्राहक खोजिरहेका घलेलाई अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले उनको डेराबाट ६ फिट २ इन्च लम्बाई र १ फिट दुई इन्च चौडाई भएको बाघको छाला बरामद गरेको छ ।


प्रतिक्रिया दिनुहोस्