नेकपा फुटेको छैन: ईश्वर पोखरेल

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ७ : ४९


काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा नफुटेको बताएका छन् ।

नेकपा सर्लाहीले सदरमुकाम मलङ्गवामा आयोजना गरेको सभालाई सम्बोधन गर्न पुगेका उपप्रधानमन्त्री पोख्रेलले प्रेस सङ्गठन नेपाल सर्लाहीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा आफूहरुले वर्तमान राजनीतिक घटनाक्रम जनतालाई बुझाउन अभियान थालेको बताए ।

उनले तत्कालीन एमाले र माओवादीबीच एकताको शुरुआतको अवस्थाबाटै केही समस्या देखिएको र अहिले सो समस्या सतहीरुपमा मैदानमा देखा परेको हो ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जान प्रतिनिधिसभा विघटन गरेको बताउँदै पार्टी कानूनीरुपमा नफुटेको र निर्वाचन भएरै छाड्ने बताए ।


प्रतिक्रिया दिनुहोस्