काठमाडौं । नेकपा प्रचण्ड नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना समर्थकहरुलाई आफु जस्तै समान्ती संस्कार सिकाउन थालेको बताए ।
प्रचण्ड माधव पक्षको गण्डकी प्रदेश कमिटीको भेलालाई सम्बोधन गर्दै नेपालले ओली आफु जस्तै कार्यकर्ताहरुलाई सामन्ती संस्कार सिकाउन व्यस्त रहेको बताएका हुन ।
प्रधानमन्त्री ओलीलाई विधि, प्रक्रिया मन नपर्ने तर गुटगत व्यवहारमात्रै गर्ने गरेको आरोप नेपालले लगाएका छन् ।
नेपालले ओली पार्टीको अध्यक्ष नभएर गुटको नेता भएको आरोप लगाए ।
नेपालले भने ‘प्रधानमन्त्री ओलीलाई सम्मान गर्ने, उनको आदेश मान्ने मान्छेमात्रै मनपर्छ । उनलाई हनुमानहरु, अरिङ्गालहरु र उनको जय भन्नेहरु मन पर्छ । उनलाई गुट चलाउनमात्रै आउँछ । पार्टी चलाउन, विधि, प्रक्रियामा बस्न आउँदैन ।’
उनी व्यवहारले सामन्ती नामले कम्युनिस्ट भएको आरोप नेपालले लगाए ।