भोटो धेरै फटाएको मान्छु हुँ कमरेड भन्दै ओलीले लामो समय फकाएः प्रचण्ड

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ३ : ५३


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीलेम तपाइँभन्दा केही भोटो धेरै फटाएको मान्छु हुँ कमरेड भन्दै हरेकमा आफूनै अगाडि आउन चाहने र आफूलाई लामो समय फकाउने गरेको बताएका छन् ।

उनले पार्टी एकतापछि विधि विधान अनुसार जानु पर्नेमा ओलीले आफूलाई फकाउनतिर लागेको बताए ।

उनले भने– अहिले पनि पार्टीमा माधव र प्रचण्ड दुवै अध्यक्ष भएको अवस्थामा ‘हामीले एकता गरेका हौं, म माधव जीको पक्षमा गएको, माधव जी मेरे पक्षमा आएको भन्दा पनि हामीले एकता गरेको हो भनेर बुझ्नु पर्छ । पछिल्ला दिनहरुमा केही कार्यक्रमहरुमा पनि हामीले पालैपालो अध्यक्ष बनेर बसेका छौं । त्यो ठूलो कुरा होइन, तर ओली जीसँगको सहकार्यमा कहिल्यै मलाई अध्यक्षको हैसियत नै दिनुभएन ।


प्रतिक्रिया दिनुहोस्