ओलीसँग दुष्मनी मोल्न माधवसँग भएको एकता भएको होइनः प्रचण्ड

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ३ : ४८


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपालसँगको एकता केपी ओलीसँग दुष्मनी मोल्न नभएको बताएका छन ।

उनले यो एकता पहिलैदेखि नै भएको बताए । पञ्चायती विरोधी गतिविधि हुँदा २०४६ साल अघिदेखि नै हामी एक भएर अघि बढेको उनले बताए ।

अहिले केपी ओलीलाई देखाउनका लागि उनीसँग दुष्मणी मोल्नका लागि यो एकता नभएको बताए । आफूहरुको विचार भावना, शालिनता मिल्दै आएकाले यो एकता भएको बताए ।

तत्कालिन एमाले र तत्कालिन माओवादीबीच पनि एकता हुँदा लिखित सहमति बमोजिम नै भएको बताए ।

उनले भने- त्यतिबेला पनि आतंकारीसँग सहकार्य ग¥यो भनेर केपी ओलीले वामदेव गौतमलाई कारवाहीका लागि सिफारिस गरेका थिए । त्यतिबेला पनि माधव जीले नै यो सहकार्य मैले गर्न लगाएको भनी बामदेवलाई कारवाहीबाट बचाएका थिए । हाम्रो संघर्ष सही र गलत विचारबीचको हो, त्यो ओलीका विरुद्धको मात्रै संघर्ष होइन । कोही द्विविधामा नपर्नु होला ।


प्रतिक्रिया दिनुहोस्