केपी ओलीले मदन भण्डारीको लाइननै छाेडे: प्रचण्ड

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ३ : २९


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मदन भण्डारीको लाइन छोड्ने कार्य केपी ओलीले नै गरेको आरोप लगाएका छन् ।

गण्डकी प्रदेशद्वारा आयोजित वृहत कार्यक्रमलाई सम्बोधन गर्र्दै प्रचण्डले ओली जस्तो बेइमानी अरु कोही नभएको आरोप लगाएका हुन् ।

उनले प्रधानमन्त्री बन्नका लागि मात्रै पार्टी एकता गरेको बताउँदै पार्टीभित्रको विवाद चलेको नाममा संसद भंग गर्ने, संविधानमाथि आक्रमण गर्ने प्रयास गरेको आरोप समेत लगाए ।

पार्टी भनेको विवाद हुने संस्था भएको भन्दै विवाद सामान्य भएको बताउँदै पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल लगायतले प्रधानमन्त्री छोड्न आग्रह गर्दा ओलीले प्रधानमन्त्री नछोड्ने बरु पार्टी जे सुकै होस भन्ने तर्क गरेको बताएका छन् ।

पार्टीमा विधान र धारा अनुसार बहुमतले भनेको कुरा कार्यान्वय हुने कुरा उल्लेख भएपनि ओलीले जहिलै एकलौटी शासन गर्न तम्सिएको आरोप लगाएका छन् ।


प्रतिक्रिया दिनुहोस्