ओलीको गुटमा गएका पूर्वमाओवादी देखेर लाज लाग्छ: प्रचण्ड

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ३ : १३


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व माओवादी अहिले ओलीको गुटमा गएको देखेर लाग लागेको बताएका छन् ।

पोखरामा आयोजित कार्यकर्ता प्रशिक्षणमा बोल्दै अध्यक्ष प्रचण्डले जनयुद्ध कुहिएको फर्सी हो भनेको सुन्न कसरी पुगेका होलान भन्दै उनले त्यस्ता साथीहरु देखेर लाज लाग्ने गरेको बताए । उनले अहिलेको लडाई सही र गलत प्रवृत्तिबीचको लडाई भएको बताएका छन् ।

विचार, सिद्धान्तबीचको लडाई पार्टी एकता भएदेखि नै कहिले सामान्य रुपमा र कहिले विकराल रुपमा देखा परेको बताए । उनले गत वर्षको बैशाखदेखि यो लडाई अलि चर्काे रुपमा देखा परेको बताए ।

माघपछिको केन्द्रीय कमिटीको बैठकपछि पार्टीमा जर्बजस्ती पूर्व एमाले र पूर्व माओवादीबीचको लडाई बनाउने कसरत गरिएको उनले बताए । त्यतिबेला पनि माधव कुमार नेपाल कुनै पनि पक्षमा नलागेको भन्दै त्यसप्रति उनले सम्मान व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्