विराट–अनुष्कालाई छोरीको नाम ‘अन्वी’ राख्न फ्यानहरुको सुझाव

प्रकाशित मिति : माघ ९, २०७७ शुक्रबार


काठमाडौं । बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेट खेलाडी विराट कोहलीले सोमबार पुत्रीलाभ भएको छ ।

कोहली र शर्मा परिवारमा अहिले खुशीको माहोल छ । उनका फ्यानहरुले सामाजिक सञ्जाल मार्फत बधाइ तथा शुभकामना दिइरहेका छन् ।

यसैबीच अहिले यी दुबै सेलिब्रिटीको नाम के राख्ने भन्ने बारेमा चर्चा चलेको छ ।

विराट र अनुष्कालाई छोरीको नाम राख्ने काममा उनीहरुका फ्यानहरुले सहयोग गर्ने भएका छन् ।

धेरै प्रशंसकले उनीहरुलाई छोरीको नाम अन्वी राख्न सुझाएका छन् । यो नाम अनुष्का र विराटको नामसंग मिलेर बनेको छ ।

अनुष्का र विराटले पनि यो नामलाई मन पराएका छन् ।


प्रतिक्रिया दिनुहोस्