काठमाडौं । पोखरमा विहान ११ बजेका लागि तय भएको बृहत कार्यकर्ता भेला २ बजेसम्म शुरु हुन सकेको छैन ।
अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले सम्बोधन गर्नेगरी बिहान ११ बजेका लागि तय गरिएको बृहत कार्यकर्ता भेला एवं अभिमुखीकरण कार्यक्रम दिउँसोसम्म शुरु हुन नसकेको हो ।
खराब मौसमका कारण काठमाडौँबाट पोखरा जहाज नउड्दा प्रचण्ड–नेपाल समूहको पोखराको कार्यक्रम प्रभावित भएको जनाइएको छ ।
अध्यक्षद्वय लगायत केन्द्रीय नेताहरु ७। ३० बजेको विमानमा पोखरा आउने र ८ बजे पत्रकार सम्मेलन गर्नेगरी कार्यक्रम तय गरिएको थियो तर मौसम खराब भएर विमान नभएपछि कार्यक्रम प्रभावित भएको छ ।
केही समय अघि मात्र काठमाडौंबाट विमान उडेकोले अब कार्यक्रम हुने छ ।