ओलीलाई देशी–विदेशी शक्ति केन्द्रले ‘महान् राष्ट्रवादी’ पगरी गुथाए: डा भट्टराई

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  १ : ०४


काठमाडौं । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनलाई मत्थर गर्न देशी विदेशी शक्ति केन्द्रहरुले महान् राष्ट्रवादी भन्ने खालका ‘पगरी’ गुथाएर देशलाई परनिर्भरतामा फसाउने षड्यन्त्र भएको बताएका छन् ।

आइतबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत डा भट्टराईले देशी विदेशी शक्ति केन्द्रबाट २०१७ सालपछि तत्कालीन राजा महेन्द्रलाई झैं महान् राष्ट्रवादी, हक्की, साहसी, कसैसँग नझुक्ने भनी प्रायोजित पगरी गुथाउने तयारी भइरहेको भन्दै सचेत रहन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीको अन्तर्वार्ता हिजो राति भारतीय टेलिभिजन जी न्यूजमा प्रशारण गरिएको प्रसंगप्रति लक्षित गर्दै डा भट्टराईले यस्तो बताएका हुन् ।

‘ओली प्रतिगमनलाई मत्थर गर्न,विषयान्तर गर्न र अन्ततः स्थापित गर्न २०१७ सालपछि महेन्द्रलाई झैं महान् राष्ट्रवादी, हक्की,साहसी,कसैसंग नझुक्ने आदि इत्यादि प्रायोजित पगरी भित्रीरबाहिरी शक्तिहरूबाट गुथाइनेछ। नेपाली जनता र देशलाई उही निरंकुशता र अल्पविकासरपरनिर्भरतामा फसाइनेछ१ चेतना भया१’, भट्टराईले भनेका छन् ।

प्रधानमन्त्री ओलीले भारतीय टेलिभिजन जी न्युजलाई दिएको अन्तर्वार्तामा लिएर उनको राष्ट्रवादको चर्चा भइरहेका बेला डा। भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्