संसद विघटनको विरोधमा प्रज्ञा प्रतिष्ठान डबलीमा आज दिउँसो २ बजे ‘नागरिक सभा’

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  १२ : ५८


संसद विघटनविरूद्ध नागरिक अगुवाहरूले प्रज्ञा प्रतिष्ठान डबलीमा मंगलबार विरोध सभा गर्ने भएका छन् ।

प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि त्यसको विरोधमा सुरू भएको वृहत् नागरिक आन्दोलनले ‘नागरिक सभा’ गर्न लागेको हो ।

मंगलबार दिउँसो २ बजे आयोजना हुने ‘नागरिक सभा’मा नागरिक अगुवाहरूले सम्बोधन गर्ने आन्दोलनका संयोजक युग पाठकले बताए ।

सभामा नागरिक अगुवा कृष्ण पहाडी, बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सडक विस्तार विरोधी अभियन्ता विद्या श्रेष्ठ, डा। मुक्तसिंह तामाङ, सिएन थारू र अपांगता समुदायका प्रतिनिधि भोजराज श्रेष्ठलाई वक्ता राखिएको छ ।

संसद विघटनपछि विभिन्न तह(तप्काका अभियन्ताहरूले ५४ सदस्यीय नागरिक आन्दोलन गठन गरेका थिए ।

२०६२÷६३ को जनआन्दोलनताका पेशागत संघ(संगठन शाही कदमको विरोध गर्दै प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा आन्दोलनमा निस्केका थिए ।


प्रतिक्रिया दिनुहोस्